Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नेसन्स लिग : एम्बाप्पेको गोलमा हारबाट जोगियो फ्रान्स, क्रोएसियासँग डेनमार्क पराजित

    नेसन्स लिग : एम्बाप्पेको गोलमा हारबाट जोगियो फ्रान्स, क्रोएसियासँग डेनमार्क पराजित

    अनलाइन नेपाल
  • शनिबार, २८ जेष्ठ २०७९
  • 990
    SHARES

    एजेन्सी । युइएफए नेसन्स लिग अन्तर्गत गएरातिको खेलमा फ्रान्स बराबरीमा रोकिएको छ । लिग ए अन्तर्गत समूह एकको खेलमा फ्रान्सले घरेलु टोली अस्ट्रियासँग १-१ को बराबरी खेलेको हो ।

    अर्न्स्ट ह्यापल स्टेडियममा खेलको ३७ औँ मिनेटमा एन्ड्रियास विम्यानले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ८३ औँ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई हारबाट जोगाए ।



    यो जितसँगै तीन खेलमा चार अंक जोडेको अस्ट्रिया दोस्रो स्थानमा रहँदा फ्रान्स समान खेलबाट दुई अंकका साथ अन्तिममा छ ।



    त्यस्तै गएराति नै सम्पन्न समूह ‘ए’ कै अर्को खेलमा क्रोएसियाले डेनमार्कमाथि संघर्षपूर्ण जित निकालेको छ। डेनमार्कस्थित पार्केन स्टेडियममा सम्पन्न् खेलमा क्रोएसियाले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार