Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चितुवा नियन्त्रण गर्न खोर राखियो

    चितुवा नियन्त्रण गर्न खोर राखियो

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका १ र ४ मा चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि चितुवा नियन्त्रणका लागि खोर राखिएको छ ।

    शनिबार राति र आइतबार बिहान चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि डिभिजन वन कार्यालय तनहुँको सहयोगमा आइतबार बन्दीपुर–१ बाघदलेमा फलामे खोर राखिएको हो ।



    बन्दीपुर–४ टावरमा चितुवाको आक्रमणबाट आठ वर्षीया रियाना थापा र बन्दीपुर –१ बागदलेमा भिमलाल गरञ्जा घाइते भएका छन् । दुवै आक्रमणको घटना घरमै भएको हो । घाइतेको अवस्था खतरामुक्त रहेको छ । दुवै घाइतेको डुम्रेस्थित मोती मेडिकलमा उपचार गरिएको थियो ।



    चितुवाको त्रास बढेपछि नियन्त्रणका लागि बाख्रासहितको खोर थापिएको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए । बन्दीपुरमा केही घण्टाको फरकमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि सतर्कता अपनाउन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । दुवै आक्रमणको घटनास्थल २५० मिटर वरपर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार