Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • इटहरीको जुट विकास बस्तीमा पस्यो चितुवा, स्थानीय त्रसित

    इटहरीको जुट विकास बस्तीमा पस्यो चितुवा, स्थानीय त्रसित

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । सुनसरीको इटहरीस्थित बजार क्षेत्रमा सोमबार बिहान एक चितुवा देखा परेको छ।

    इटहरी उपमहानगरपालिका वडा नम्बर ६ जुट विकास क्षेत्रमा चितुवा देखिएको हो ।



    इलाका प्रहरी कार्यालय इटहरीका अनुसार उपमहानगरपालिका –६ स्थित जुट विकासमा चितुवा भेटिएको हो।



    सोमबार बिहान करिब साढे ५ बजे बजार क्षेत्रको मानव बस्तीमा चितुवा भेटिएको हो । बजार क्षेत्रमा चितुवा देखिएपछि स्थानीय त्रसित भएका छन्।

    चितुवा बस्ती डुल्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। चितुवा देखिएसँगै प्रहरी र सशस्त्र प्रहरीको टोलि परिचालन भएको छ।

    चितुवा पानीले भिजेको अवस्थामा छ। चितुवाले अहिलेसम्म कसैलाई पनि आक्रमण गरेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार