Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने कुरा झुटा र कपोलकल्पित हुन्, यसको खण्डन गर्न चाहन्छु :अर्थमन्त्री शर्मा

    अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने कुरा झुटा र कपोलकल्पित हुन्, यसको खण्डन गर्न चाहन्छु :अर्थमन्त्री शर्मा

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 756
    SHARES

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने कुरा झुटा र कपोलकल्पित रहेको भन्दै समाचार आएका विषयको खण्डन गरेका छन् ।

    प्रमुख प्रतिपक्षले अर्थमन्त्रीको राजीनामासमेत माग गरेको अवस्थामा अर्थमन्त्री शर्माले उक्त विषयको खण्डन गरेका हुन् ।



    प्रतिनिधिसभामा मंगलबार सञ्चारमाध्यममा आएका विषयलाई लिएर अर्थमन्त्रीले प्रष्टीकरण दिएका हुन् ।



    ुबजेट निर्माण गर्दा राजस्वका दर चलाउन अनधिकृत व्यक्ति संलग्न रहेको भन्ने कुरा अत्यन्त भ्रामक, कपोलकल्पित, झुटा कथा बनाइएको छ । यसको खण्डन, खारेजी गर्न चाहन्छु,ु उनले भने ।

    बजेट निर्माणका लागि अर्थ मन्त्रालयका सचिव र राजस्व सचिव नेतृत्वका समितिले गरेको पनि मन्त्री शर्माले जानकारी गराए । मन्त्री शर्माले आफूलाई प्राप्त जिम्मेवारीअनुसार काम गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार