Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • स्वास्थ्य बिमा निजी कम्पनीको जिम्मा लगाउने कार्यक्रम लागू गर्दिनँ : स्वास्थ्यमन्त्री खतिवडा

    स्वास्थ्य बिमा निजी कम्पनीको जिम्मा लगाउने कार्यक्रम लागू गर्दिनँ : स्वास्थ्यमन्त्री खतिवडा

    अनलाइन नेपाल
  • बुधबार, १ असार २०७९
  • 759
    SHARES

    फाइल फोटो

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमा निजी कम्पनीको जिम्मा लगाउने कार्यक्रम लागू नगर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्री खतिवडाले स्वास्थ्य बिमा नाफा कमाउनका लागि ल्याइएको योजना नभएकाले निजी कम्पनीलाई नदिइने बताएका हुन् ।



    स्वास्थ्यमन्त्री जनार्दन शर्माले के भन्छन् भन्नेमा आफूलाई जानकारी नभएको बताएका मन्त्री खतिवडाले आफू भने स्वास्थ्य बिमा निजी कम्पनीलाई नदिने बताए ।



    ‘स्वास्थ्य बिमाबारे अर्थमन्त्रीले निजीलाई दिने नियत होइन भन्नुभएको थियो । बजेट आएपछि अर्थमन्त्रीसँग बुझ्न पाएको छैन,’ उनले भने, ‘स्वास्थ्य बिमा ऐनविपरीत जाने गरी म त्यो काम गर्दिनँ र यो स्वास्थ्य बिमा नित्तान्त व्यापारिक नाफाको प्रयोजनका लागि नभएको हुनाले स्वास्थ्य मन्त्रालय त्यसमा जाँदैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार