Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • मन्त्री पद छोड्न तयार छौं भनेर पार्टीमा लेखेर दिएको छु, पार्टीको निर्णय मान्छौं : मन्त्री खतिवडा

    मन्त्री पद छोड्न तयार छौं भनेर पार्टीमा लेखेर दिएको छु, पार्टीको निर्णय मान्छौं : मन्त्री खतिवडा

    अनलाइन नेपाल
  • शुक्रबार, १० असार २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा समाजवादीबाट मन्त्री बनेका विरोध खतिवडाले पार्टीको निर्णय मान्ने बताएका छन् ।

    शुक्रबार पोलिटव्यूरो बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका खतिवडाले पार्टीमा केही समस्या आएकाले ८ बुँदेमार्फत अध्यक्षको ध्यानाकर्षण गराएको बताए ।



    उनले भने, ‘पार्टीमा केही समस्या छ भने पार्टीलाई भन्ने हो, ध्यानाकर्षण गर्ने हो ।’उनले आफू मन्त्री पद छोड्न तयार रहेको भनेर पार्टीमा लेखेरै दिएको भन्दै राष्ट्रियसभाबाट बजेट पारित भएपछि स्वत मन्त्री पद छोड्ने बताए ।



    ‘मन्त्री पद छोड्न तयार छौं भनेर पार्टीमा लेखेर दिएको छु । पार्टीको निर्णय मान्छौं’, खतिवडाको भनाइ छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार