Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चितुवा आक्रमण : सुप्रिमको परिवारलाई ५० हजार राहत

    चितुवा आक्रमण : सुप्रिमको परिवारलाई ५० हजार राहत

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    तनहुँ । चितुवाको आक्रमणबाट मृत्यु भएका पाँच वर्षीय सुप्रिम बगाले मगरको परिवारलाई बन्दीपुर गाउँपालिकाले ५० हजार प्रदान गरेको छ।

    गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बुधबार मृतकका बुबा प्रेम बगाले मगरलाई सो रकम हस्तान्तरण गरे। चितुवाको आक्रमणबाट मंगलबार तनहुँको बन्दीपुर गाउँपालिका–१ बोडिस्वाँरामा सुप्रिमको ज्यान गएको थियो। उनी घर नजिकैको जंगलमा मृत फेला परेका थिए।



    गत आइतबार पनि सोही वडामा एक बालिका र एक पुरुष चितुवाको आक्रमणबाट घाइते भएका थिए। तनहुँमा हालसम्म १२ बालबालिकाको चितुवाको आक्रमणबाट ज्यान गइसकेको छ।



    डिभिजन वन कार्यालयका निमित्त डिभिजन प्रमुख दयानिधि अर्यालले चितुवाको आक्रमण बढेपछि सो क्षेत्रका सामुदायिक वनमा पासो थापिएको छ।

    डिभिजन वन कार्यालयले काजक्रियाबापत मृतकका परिवारलाई ५० हजार सहयोग गरेको छ। नौ लाख ५० हजार छिट्टै प्रदान गर्ने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार