Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाललाई ट्रान्जिट बनाएर लागू औषध तस्करी, ७ जना बिदेशी महिलाबाट १ अर्बको हिरोइन बरामद

    नेपाललाई ट्रान्जिट बनाएर लागू औषध तस्करी, ७ जना बिदेशी महिलाबाट १ अर्बको हिरोइन बरामद

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 2.3K
    SHARES

    काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरोले लागूऔषध सेतो हिरोइनसहित ७ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।

    ५१ केजि हेरोइन सहित दक्षिण अफ्रिकाबाट दुबई हुँदै नेपाल आएका ७ जना महिलालाई लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो।



    पक्राउ पर्नेमा २९ देखि ४७ वर्षकी महिला छन्। उनीहरुको साथबाट बरामद लागूऔषधमा सेतो हिरोइन ४९ किलो र खैरो हिरोइन २ किलो रहेको छ।



    अनुसन्धानका क्रममा उनीहरु अफ्रिकाबाट दुबई र दुबईबाट नेपालहुँदै हुँदै भारत जाने देखिएको प्रहरीले जनाएको छ।

    फ्लाइ दुबईको उडान हुँदै विभिन्न मितिमा ती महिलाहरु नेपाल आएका थिए। यस्तै, कतार एयरलाइन्स हुँदै पनि एक महिला लागू औषध सहित काठमाडौं ओर्लिएकी थिइन्।

    सबै महिलाहरुबाट बरामद हिरोइनको बजार मूल्य १ अरब २ करोड रहेको प्रहरीले जनाएको छ।

    उनीहरुविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार