Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • महान्यायाधीवक्ताको दबाबमा बलात्कारको मुद्दा कमजोर पार्न नमान्दा साहयक जिल्ला न्यायाधिवक्ताको सरुवा

    महान्यायाधीवक्ताको दबाबमा बलात्कारको मुद्दा कमजोर पार्न नमान्दा साहयक जिल्ला न्यायाधिवक्ताको सरुवा

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । बालिका बलात्कारको आरोप लगोका व्यापारीलाई बचाउन नमान्दा ललितपुर जिल्ला सरकारी वकिलको कार्यालयका साहयक जिल्ला न्यायाधिवक्ता संगीता थोकरको सरुवा भएको छ ।

    एक नाबालिगमाथि भएको जबरजस्ती करणी (बलात्कार) मुद्दा कमजोर बनाउन भन्दै पटक–पटक दबाब दिँदा पनि नमानेपछि जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका सहन्यायाधिवक्ता थोकरको सरुवा गरिएको हो।



    महान्यायाधिवक्ता कार्यालयबाटै मुद्दा कमजोर बनाउन भन्दै पटक–पटक दबाब आएको, तर आफूले नमानेपछि हिजो बिहीबार मात्रै सरुवा गरिएको थोकरले बताएकी छिन् ।



    उनले महान्यायधिवक्ता कार्यालयले नै आफ्नो सरुवा गरेको बताएकी छन् । बलात्कारको आरोपीविरुद्ध मुद्दा कमजोर बनाउन गरेको आग्रह नमानेको र दबाबबारे सञ्चारमाध्यममा बोलेको आरोपमा आफ्नो सरुवा गरिएको थोकरको दाबी छ ।

    एक नाबालिगलाई बलात्कार गरेको आरोपमा कन्चनपुरको भीमदत्त नगरपालिका–४ स्थायी ठेगाना भइ ललितपुर इमाडोलस्थित ग्रिनहिल सिटी बस्ने ३६ वर्षीय सुशील चटौतविरुद्ध मुद्दा चलेको थियो। चटौत ट्रान्सपोर्ट, होटल व्यवसाय गर्दै आएका व्यक्ति हुन्। उनै चटौतले आफ्नै घरमा उनकै संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले मुद्दा दायर गरेको थियो।

    उक्त मुद्दाको अनुसन्धान सकेर प्रहरी वृत्त सातदोबाटोले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सोही मुद्दा कमजोर बनाउन भन्दै महान्यायाधिवक्ता कार्यालयलगायत विभिन्न शक्तिकेन्द्रबाट दबाब आएकोमा आफूले नमान्दा सरुवा भएको थोकरले बताइन्।

    उनी जिल्ला सरकारी वकिल कार्यालय ललितपुर आएको जम्मा १५ महिना मात्रै भएको थियो। सामान्यतया एकपटक सरुवा भएर जिम्मेवारी सम्हालेको २ वर्ष नभइ कर्मचारीको सरुवा गर्ने चलन छैन। तर, मुद्दा कमजोर बनाउने दबाब नमानेको भन्दै महान्यायाधिवक्ता कार्यालयको निर्देशनमा थोकरको सरुवा भएको स्रोतको हाे । २०७७ चैतमा थोकरको ललितपुर सरकारी वकिल कार्यालयमा सरुवा भएको थियो ।थोकरलाई हेटौंडास्थित बगमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ।

    सरकारी वकिल थोकरबाट मुद्दा कमजोर पार्न नसकिएपछि पीडित बालिकालाई प्रतिवादी पक्षले होस्टायल बनाएर बयान समेत फेर्न लगाएको थियो। पीडित बालिकालाई चटौतकै गाडीमा राखेर बयानका लागि भन्दै अदालतसम्म पुर्‍याइएको पाइएको छ। प्रतिवादी पक्षले बालिकालाई फकाएर बयान समेत फेर्न लगाएको छ।

    केही समयअघि भएको बकपत्रमा भने पीडितले बयान फेर्दै सुशिलले बलात्कार नगरेको बरु उनकी श्रीमतीले बेला–बेलामा गाली गर्ने गरेको बताएकी थिइन् ।

    बलात्कारको आरोप लगाएपछि आरोपी अहिले पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालतमा गत वैशाख १८ मा मुद्दा दर्ता भएकामा चटौतलाई पुर्पक्षका लागि कारागार चलानको आदेश भएको थियो ।

    यस्तो थियो घटनाक्रम
    गत चैत १० गते चटौतको घरमा बस्दै आएकी बालिका विद्यालय गएकी थिइन्। विद्यालय समय सकिएर घर फर्किने बेलामा भने उनी घर नै जान मानेकी थिइनन्। घर नजाने बरु आत्महत्या गर्ने बताएपछि स्कूल प्रशासनले प्रहरीलाई खबर गरेको थियो। प्रहरी र बाल मनोबिमर्शकर्ताको काउन्सिलपश्चात बालिकाले आफूलाई चटौतले बतात्कार गर्ने गरेको खुलासा गरेकी थिइन्।

    जिल्ला सरकारी वकिल प्रमुख सुशिला ज्ञवालीले हेरिरहेको मुद्दा एकपछि अर्को हुँदै थोकरसम्म आइपुगेको थियो । दबाबका कारण मुद्दा हेर्न धेरैले आनाकानी गरेपछि आफूकहाँ मुद्दा आइपुगेको बताएकी थोकरले महान्यायधिवक्ता कार्यालयको आशय प्रहरीले जस्तो पठाएको छ त्यसैलाई कपि गरेर अभियोग पत्र बनाउनुपर्छ भन्ने रहेको समेत खुलाएकी छन् । उनले भनेकी छन्–‘अनुसन्धान प्रतिवेदन गोलमटोल थियो । अनुसन्धानका क्रममा लिइएको पीडितको भिडिओ प्रतिवेदनमा राखिएको थिएन । मैले तत्कालै मगाएर मिसिलमा राखेँ । अरु धेरै कुरा मिलाएर अभियोग पत्र बलियो बनाउने प्रयास गरेँ ।’

    सात मिनेटको त्यो अडिओमा पीडित र उनकी आमाबीच कुरा भएको देखिन्छ । त्यहाँ उनले आफुमाथि बलात्कार हुँदै आएको बताएकी छिन्। अन्य कुराहरू पनि त्यहाँ भएको छ जसले मुद्दाको सुनुवाइमा आरोपीलाई अप्ठेरो पार्ने छ । त्यही अडिओ अदालतसमक्ष नपुगोस् भनेर मलाई त्यहाँबाट हटाइएको थोकरको दाबी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार