Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मंकीपक्सको आशंका गरिएका विरामीमा कुष्ठरोग पुष्टि

    मंकीपक्सको आशंका गरिएका विरामीमा कुष्ठरोग पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पछि मंकीपक्स भाइरस विश्वका विभिन्न देशमा फैलिसकेको छ । नेपालमा पनि मंकीपक्सको अशंकामा एक युवकलाई निगरानीमा राखिएको थियो । तर, उनमा कुष्ठरोग पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्राले मंकीपक्सको आशंकामा निगरानीमा रहेका २६ वर्षीय युवकमा कुष्ठरोगको जीवाणु भेटिएको बताएकी हुन् ।



    शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मिश्राले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा आँखा र कानको ३ वटा नमुनामा कुष्ठरोगको जीवाणु भेटिएको जानकारी दिएकी छिन् ।



    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आजसम्म मंकीपक्सको कुनै पनि संक्रमण पुष्टि भएको छैन। अहिलेसम्म विश्वका २९ वटा देशमा मंकीपक्स देखा परेको र १ हजारभन्दा बढी संक्रमित भएका छन् ।

    दुबईबाट नेपाल फर्किएका एक व्यक्तिलाई मंकीपक्सको आशंकामा बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो । ती व्यक्तिलाई ज्वरो पनि आएको र हातमा बिमिरा पनि देखिएकाले एयरपोर्टबाट सिधै टेकु अस्पताल पठाइएको थियो ।

    चिकित्सकहरूका अनुसार मंकीपक्सको संक्रमण देखिएपछि शरीरमा फोका उठ्ने, बिमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखिन सक्छन् । मंकीपक्स भएको ३(४ हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको चिकित्सकहरू बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार