Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • डोटीमा घरभित्र पस्यो चितुवा, दुईजना घाइते

    डोटीमा घरभित्र पस्यो चितुवा, दुईजना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 813
    SHARES

    फाइल फोटो

    डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा ७ उडितोलामा घरभित्र चितुवा पसेको छ ।

    शुक्रबार बिहान साढे १० बजेतिर तल्लो उडितोलास्थित पार्वती विकको घरभित्र चितुवा पसेर दुई जनालाई घाइते बनाएको हो ।



    चितुवाको आक्रमणबाट पार्वती विक र उनकी छोरी लक्ष्मी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।



    घरभित्र रहेका उनीहरूलाई चितुवाले आक्रमण गरेको र उनीहरूको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले बताएको छ । यसरी दिउँसै चितुवा गाउँमा पसेपछि स्थानीय त्रसित भएका छन्।

    अहिले जिल्ला प्रहरी कार्यालय डोटी र डिभिजन बन कार्यालय डोटीको टोली र स्थानीयको सहयोगमा चितुवालाई बनतिर पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार