Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बलात्कार मुद्दा कमजोर बनाउन खोजेको आरोपबारे तीन सदस्यीय छानबिन समिति गठन

    बलात्कार मुद्दा कमजोर बनाउन खोजेको आरोपबारे तीन सदस्यीय छानबिन समिति गठन

    अनलाइन नेपाल
  • आइतबार, ५ असार २०७९
  • 966
    SHARES

    काठमाडौं । नाबालिग बलात्कारजस्तो गम्भीर प्रकृतिको मुद्दा कमजोर बनाउन दबाब दिइएको भन्ने विषयमा महान्यायाधिवक्ताको कार्यालयले ३ सदस्यीय छानबिन समिति बनाएको छ ।

    उच्च सरकारी वकील कार्यालय पाटनका सहन्यायाधिवक्ताको संयोजकत्वमा गठित छानबिन समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ ।



    सो समितिले पेश गरेको प्रतिवेदनका आधारमा दोषी देखिएका व्यक्तिहरूलाई कारबाही गरिने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।



    ललितपुरकी सहायक जिल्ला सकारी वकिल संगीता थोकरले उक्त मुद्दा कमजोर पार्न आफूलाई दबाब दिइएको र नमानेपछि सरूवा गरिएको आरोप लगाएकी थिइन्। यस्तै वलिकललाई कुनै प्रकारको दबाब नदिएको महान्यायधिवक्ताको कार्यालयले स्पष्ट पारेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार