Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन सकिदैन : जनार्दन शर्मा

    वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन सकिदैन : जनार्दन शर्मा

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सोमवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले कृषिप्रधान देशले वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताएका छन् ।

    उनले देशमा साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने भएकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिने गरेर आएको बताए ।



    मन्त्री शर्माले सरकारी कार्यालयहरूमा विदेशी आयातित वस्तुभन्दा देशभित्र नै उत्पादन भएको वस्तु प्रयोग गर्नुपर्ने नीति आएको बताए ।



    उनले सरकारी कार्यालयहरूका विभिन्न बैठकहरूमा नेपाली बिस्कुट नै प्रयोग गर्न आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार