Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नेपाल–भारत सीतावर्ती क्षेत्रमा दुई युवतीमाथि सामूहिक बलात्कार

    नेपाल–भारत सीतावर्ती क्षेत्रमा दुई युवतीमाथि सामूहिक बलात्कार

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 1K
    SHARES

    सांकेतिक तस्बिर

    दाङ । नेपाल–भारत सीतावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

    आइतबार बिहान करिब ११ बजे भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



    युवतीहरू नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जंगलमा भारतीय युवाको समूहले बलात्कार भएको हो । ६ जना युवती भारतीय बजार जाँदै थिए ।



    तीमध्ये दुई जना बलात्कृत भएको र अन्य चार जनालाई भने भारतीय युवकले धम्काउदै सरसामान लुटपाट गरेको प्रहरीको भनाइ छ । पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार