Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रचण्डकहाँ किन जाने भनेर लाज नमानौं, माओवादी एकता मेरै नेतृत्वमा सम्भव छ : प्रचण्ड

    प्रचण्डकहाँ किन जाने भनेर लाज नमानौं, माओवादी एकता मेरै नेतृत्वमा सम्भव छ : प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 729
    SHARES

    फाइल तस्विर

    काठमाडौं । माओवादी जनयुद्धमा भाग लिएकाहरू आफ्नो नेतृत्वमा एकताबद्ध हुनुको विकल्प नरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बताएका छन् ।

    विप्लव नेतृत्वको नेकपा छाडेर माओवादीमा समाहित भएका नेता कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले माओवादी धारको पुनः एकीकरण आफ्नो नेतृत्वमा मात्र सम्भव रहेको दाबी गरे ।



    प्रचण्डले भने, ‘अब जनता पनि आजित भए । अब तिमी माओवादीहरू एकै ठाउँमा बस भन्न थाले । कार्यकर्ताको भावना पनि आखिर चुनाव नै हो, प्रतिस्पर्धामै आउने हो भने प्रचण्डकै नेतृत्वमा किन नआउने भन्ने देखियो । क्रान्ति हुन्छ कि अरुबाट भन्ने भ्रम पनि तोडियो । त्यसैले विप्लवजी, वैद्यजी, हेमन्त वलीजीहरू सबैजना आउनैपर्छ । प्रचण्डकहाँ किन जाने भनेर लाज नमानौं, माओवादी आन्दोलनको एकता मेरै नेतृत्वमा मात्र सम्भव छ ।’



    अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको जनक्रान्तिमा ज्यान गुमाएकाहरूको जिम्मेवारी पनि आफूले लिने भन्दै अब माओवादी आन्दोलनको पुनः एकीकरण कसैले रोक्न नसक्ने दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार