Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • विवादित अर्थमन्त्री शर्माको बारेमा शीर्ष नेताहरुबीच छलफल हुने

    विवादित अर्थमन्त्री शर्माको बारेमा शीर्ष नेताहरुबीच छलफल हुने

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 663
    SHARES

    काठमाडौं । बजेट निर्माणमा बिचौलिया प्रयोग गरेपछि विवादित बनेका अर्थमन्त्री जनार्दन शर्माको बारेमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुने भएको छ ।

    माओवादी केन्द्रको नेताहरुको खुमलटारमा मंगलबार बिहान बसेको बैठकमा समेत शर्माको विषयमा कुरा उठेपछि अध्यक्ष पुष्पकमल दाहालले शीर्ष नेताबीच नै छलफल हुने जानकारी दिएका हुन् ।



    शर्माले राज्यको गोपनीयता भंग गरेकोले उनले राजीनामा नदिए बर्खास्त गरेर उनीमाथि थप कारबाही गर्नुपर्ने सर्वत्र माग छ ।



    सत्ता गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादी केन्द्रभित्र समेत शर्माको भूमिकालाई लिएर व्यापक प्रश्न उठेको छ ।

    माओवादीका एक नेताका अनुसार सम्भवतस् मंगलबार नै प्रधानमन्त्री निवास बालुवाटार बैठक बस्नेछ । ‘आज प्रधानमन्त्रीसँग अध्यक्षले साँझ भेट्ने कुरा भएको छ । त्यो भेटमा अर्थमन्त्रीबारे पनि छलफल हुनसक्छ’ ती नेताले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार