Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • सबइन्जिनियर दुबे घुससहित रंगेहात प्रकाउ

    सबइन्जिनियर दुबे घुससहित रंगेहात प्रकाउ

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 837
    SHARES

    काठमाडौं । एक लाख ७० हजार घुस रकमसहित एक जना सबइन्जिनियर प्रकाउ परेका छन् । सहरी विकास तथा भवन कार्यालय पर्साका सबइन्जिनियर रुपेशकुमार दुबेलाई प्रहरीले घुस रकमसहित पक्राउ गरेको हो।

    वडा प्रहरी कार्यालय विर्ताको प्रहरी टोलीले सबइन्जिनियर दुबेलाई सहरी विकास तथा भवन कार्यालयबाट घुस रकमसहित पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।



    पर्साको जिराभवानी गाउँपालिकाको सबडिभिजन वन कार्यालय बसन्तपुर र सब डिभिजन वन कार्यालय मानवामा वन कर्मचारीका लागि स्टाफ क्वाटर भवन निर्माण भएको थियो ।



    उक्त दुई ठाउँमा १०/ १० लाख गरी बीस लाखमा निर्माण भएको स्टाफ क्वाटर भवनको अन्तिम भुक्तानी गर्न सबइन्जिनियर दुबेले सेवाग्राहीसँग १० प्रतिशत रकम कमिसन मागेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार