Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • काठमाडौंबाट धनगढीका लागि उडेको जहाजभित्रै यात्रुले चुरोट सल्काएपछि…

    काठमाडौंबाट धनगढीका लागि उडेको जहाजभित्रै यात्रुले चुरोट सल्काएपछि…

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    कैलाली । काठमाडौंबाट धनगढीका लागि उडेको जहाजमा चुरोट सल्काएका एकजना यात्रु पक्राउ परेका छन् । बुधबार दिउँसो सवा ३ बजे काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाजमा ती यात्रुले चुरोट सल्काएका थिए ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा टिकापुर नगरपालिका ११ बस्ने नारायण उपाध्याय रहेका छन् । उडानरत अवस्थामा जहाजको शौचालय भित्र चुरोट सल्काएको र यात्रुहरुलाई समेत धम्की दिएकोले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।



    नागरीक उड्डयान सुरक्षाको नियम बमोजिम कारवाही गरी पाऊ भनि बुद्ध एयर प्रा.लि.धनगढीको निवेदन प्राप्त भएपछि उपाध्यायलाई पक्राउ गरिएको उनले बताए ।



    जहाज धनगढी विमानस्थलमा ल्यान्ड गरेपछि प्रहरी नायव निरीक्षक समुन्द्र केशर पन्तको कमाण्डमा खटिगएको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय ल्याइ थप अनुसन्धान भइरहेको डिएसपी जोशीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार