Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडौंबाट धनगढी उडेको श्री र बुद्ध एयरको विमान सुर्खेत पुगेपछि…

    काठमाडौंबाट धनगढी उडेको श्री र बुद्ध एयरको विमान सुर्खेत पुगेपछि…

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 1.9K
    SHARES

    धनगढी । काठमाडौंबाट धनगढी उडेको श्री एयर र बुद्ध एयरको विमान सुर्खेत अवतरण गरिएको छ ।

    बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि डाइभर्ट भएको हो।



    दुवै विमान सुर्खेत विमानस्थलमा अवतरण गरेका छन् । बिहान ९ बजेर ३९ मिनेटमा उडेको जहाजले धनगढीको आकाशमा ४५ मिनेट फन्को हानेको थियो।



    तर मौसम नखुलेपछि सुर्खेत विमानस्थलमा अवतरण गरिएको हो। सुर्खेत विमानस्थलमा अवतरण गरेको विमान मौसम खुलेपछि मात्र धनगढीका लागि उड्ने बुद्ध एयरले जनाएको छ ।

    धनगढी विमानस्थल कार्यालयका अनुसार बिहान मौसम खुलेका कारण काठमाडौंबाट दुवै एयरलाइन्सका विमान उडेका थिए तर एकाएक बाक्लो हुस्सु लागेपछि विमान अवतरण गर्न नसकेपछि फर्किएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार