Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • प्रधानमन्त्री चढेको बुद्ध एयरको जहाज जनकपुरमा अवतरण हुन नसकेपछि काठमाडौं फिर्ता

    प्रधानमन्त्री चढेको बुद्ध एयरको जहाज जनकपुरमा अवतरण हुन नसकेपछि काठमाडौं फिर्ता

    अनलाइन नेपाल
  • मंगलबार, १९ मंसिर २०८०
  • 3.1K
    SHARES

    काठमाडौं । काठमाडौंबाट जनकपुर उडेको बुद्ध एयरको जहाज अवतरण गर्न नसकी काठमाडौं फिर्ता भएको छ।

    जनकपुर विमानस्थलमा अवतरणको तयारी गरिँदा खराब मौसमका कारण काठमाडौं फिर्ता भएको हो । उक्त जहाजमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि थिए।



    मंगलबार बिहान ८:३५ मा त्रिभुवन विमानस्थलबाट उडेको जहाज मौसम खराबका कारण जनकपुर विमानस्थलमा अवतरण गर्न सकेको थिएन।



    जनकपुरमा भिजिबिलिटी कम भएपछि काठमाडौं फिर्ता भएर ९:४८ बजे उक्त जहाज अवतरण भएको विमानस्थल स्रोतले बतायो ।

    प्रधानमन्त्री प्रचण्ड भने काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर चढेर बर्दिबासतर्फ गइसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार