Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नेपालगन्ज उडेको बुद्ध एयरको जहाज अवतरण नगरी काठमाडौं फर्कियो

    नेपालगन्ज उडेको बुद्ध एयरको जहाज अवतरण नगरी काठमाडौं फर्कियो

    अनलाइन नेपाल
  • बुधबार, ६ मंसिर २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । काठमाडौंबाट नेपालगन्जका लागि उडेको बुद्ध एयरको एटिआर विमान अवतरण नगरी काठमाडौं फर्किएको छ ।

    बुधवार बिहान करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान मौसम खराबीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर काठमाडौं फर्किएको हो ।



    नेपालगन्ज विमानस्थलमा हुस्सु लागेकोले विमान अवतरण गर्न नसक्ने देखिएपछि पुन काठमाडौं फर्काइएको नेपालगन्ज विमानस्थलले जनाएको छ ।



    सो विमान काठमाडौं विमानस्थलमा अवतरण गरिसकेको र इन्धन भरेर पुनः नेपालगन्ज उड्ने तयारीमा रहेको छ।

    नेपालगन्ज विमानस्थलको मौसम ठिक भएपछि बिहान साढे नौ बजे मात्र खुला भएको जनाउँदै बुद्ध एअर नेपालगन्जले आगामी उडानहरू नियमित समयमा हुने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार