Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विश्व कप क्रिकेट लिग–२ : नामिबियासँग नेपाल ६३ रनले पराजित

    विश्व कप क्रिकेट लिग–२ : नामिबियासँग नेपाल ६३ रनले पराजित

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक शृंखलाको तेस्रो खेलमा नामिबियासँग नेपाल ६३ रनले पराजित भएको छ ।

    गएराति सम्पन्न खेलमा नामिबियाले दिएको २ सय रनको लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा मात्र १ सय ३७ रनमै समेटियो ।



    स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली नामिबियासँग लगातार दोस्रो खेलमा हारेको हो । नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो ।



    स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । हिजोको खेलमा जितका लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रनमा अलआउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन जोडे ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबिया ४९ ओभर २ बलमा १ सय ९९ रनमा अल आउट भएको थियो ।

    नामिबियाका कप्तान जेहार्ड एरास्मसले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले । नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । त्यस्तै सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए । नेपालले आज अन्तिम खेल स्कटल्यान्डसँग खेल्नेछ ।

    अङ्क तालिकामा नेपाल १९ खेलमा १० मा हार, ८ मा जित र एक बराबरीकासाथ १७ अङ्कसहित छैटौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार