Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विश्वविद्यालयमा तालाबन्दी सधैँका लागि अन्त्य गरौं : मन्त्री पौडेल

    विश्वविद्यालयमा तालाबन्दी सधैँका लागि अन्त्य गरौं : मन्त्री पौडेल

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्ना माग पूरा गराउन विश्वविद्यालयमा गरिने तालाबन्दी सधैंका लागि अन्त्य गर्नुपर्ने बताएका छन् ।

    आइतबार पोखरा विश्वविद्यालयको रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्वविद्यालयमा विभिन्न माग राख्दै गरिने तालाबन्दी सधैंका लागि अन्त्य गरिनुपर्ने बताएका हुन् ।



    ‘विश्वविद्यालयमा आफ्ना माग राख्दै तालाबन्दी गर्ने प्रचलन रहेको छ, उनले भने, ‘तालाबन्दी हुँदा विद्यार्थी एवम् विश्वविद्यालयको उन्नयन र विकाशमा असर पर्छ, वार्तामार्फत समाधान खोजौं ।’



    उच्च शिक्षाको स्तरबाट नै मुलुकको राजनीतिक र आर्थिक अवस्थाको पहिचान हुने भन्दै विश्वविद्यालय सुधारका लागि नेतृत्वकर्ताले संकल्प गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार