Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • निजामती कर्मचारीको भन्दा शिक्षकको तलब बढी हुनुपर्छ : सांसद पौडेल

    निजामती कर्मचारीको भन्दा शिक्षकको तलब बढी हुनुपर्छ : सांसद पौडेल

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 702
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले निजामती कर्मचारीको भन्दा शिक्षकको तलब बढी हुनुपर्ने बताएका छन् ।

    आज आइतबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद पौडेलले यस्तो बताएका हुन् ।



    उनले शिक्षकको तलब एक रुपैयाँले भए पनि कर्मचारीको भन्दा बढी हुनुपर्ने बताए ।



    उनले विद्यालय बनाउने जिम्मेवारी शिक्षकको भएको भन्दै शिक्षक खुशी भएर विद्यालय नगएसम्म र राम्रो सेवा सुविधा नपाएसम्म उनीहरूले सङ्गठनात्मक गतिविधि गरिरहने बताए ।

    त्यसो हुँदा शिक्षण सिकाइमा स्तरीयता पनि नहुने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार