Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • छानबिन समितिको नाममा राज्यका निकायको मनोबल गिराउने काम नहोस् : देवेन्द्र पौडेल

    छानबिन समितिको नाममा राज्यका निकायको मनोबल गिराउने काम नहोस् : देवेन्द्र पौडेल

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 666
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले छानबिन समितिको नाममा अनुसन्धान गर्ने राज्यका निकायको मनोबल कमजोर पार्ने काम गर्न नहुने बताएका छन् ।

    बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले विभिन्न प्रकरणमा सीआईबी लगायतका निकायले छानबिन गरिरहेकाले फेरि छानबिन समिति बनाएर उनीहरुको मनोबल गिराउने काम गर्न नहुने बताएका हुन् ।



    उनले छानबिन समितिको प्रतिवेदन बनेपछि राज्यका निकायलाई मनोबल गिर्ने गरी काम गर्न नहुने बताए । उनले सीप नभएका मानिसले गाडी चलाएमा दुर्घटनाबाहेक केही ननिम्तिने जिकिर गरे ।



    योगेश भट्टराईले सीआईबीको गाडी बीचमै ‘यु र्टन’ भएको, ‘हाईज्याक’ गरेर स्वतन्ततापूर्वक काम गर्न नदिएको आरोप लगाएपछि पौडेलेले सो जवाफ फर्काएका हुन् ।

    ‘पूर्ववक्ता साथीले सिआईबीको गाडी बीचमै यु टर्न भएको, स्वतन्त्रपूर्व काम गर्न नदिएको भन्नुभयो’, भट्टराईलाई जवाफ फर्काउँदै उनले भने, ‘गाडी सीप भएकाले मात्र चलाउने हो । सीप नभएकाले बीचैमा ‘हाइज्याक’ गरी चलाएमा त्यसले दुर्घटनाबाहेक केही निम्तिँदैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार