Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सांसद पौडेलको प्रश्न – सुन प्रकरण छानविन सुरु भएपछि माननीयहरु खुसी हुनु पर्ने होइन् ?

    सांसद पौडेलको प्रश्न – सुन प्रकरण छानविन सुरु भएपछि माननीयहरु खुसी हुनु पर्ने होइन् ?

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 549
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सरकारले भ्रटाचारका विषयमा छानबिन गरिरहेको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कसैको अनुहार नहेरी कारबाही गर्न आग्रह गरे ।

    उनले भने, ‘ठूला साना मान्छे होइन, दोषीलाई कारबाही गर्दा माननीयहरु खुसी हुनुपर्ने हो नि । सरकारको यो प्रयत्नलाई सलाम भन्न चाहन्छु।’



    उनले प्रमुख प्रतिपक्ष दलले क्वीन्टल सुन प्रकरणमा प्रधानमन्त्री, गृहमन्त्री तथा अर्थमन्त्रीको समेत संलग्नता रहेको आरोप लगाएपछि उनले प्रतिपक्षले दिउसै रात पार्न खोजेको र रातलाई दिउँसो भन्न थालेको टिपप्णी गरे ।



    उनले सम्पत्ति शुद्धीकरणलगायतका विषयमा पनि छानबिन हुनुपर्ने उल्लेख गर्दै सरकारले केही विषय उठाउन खोज्दा अवरोध नरोक्न आग्रह समेत गरे ।

    सरकारले गर्न खोजेको कामलाई समर्थन गर्नुपर्ने भन्दै आफैं रहेको जिल्लामा सहकारीले ठगी गरेको भन्दै घटनामा सहभागी दोषीलाई कारबाही गनुपर्ने जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार