Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सरकारले राम्रो काम गर्दा सांसदहरूले अवरोध खडा गरे : देवेन्द्र पौडेल

    सरकारले राम्रो काम गर्दा सांसदहरूले अवरोध खडा गरे : देवेन्द्र पौडेल

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 777
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले भ्रष्टाचारका विभिन्न प्रकरणमा सरकारले छानबिन अगाडि बढाएको विषयमा टाउको नदुखाउन सांसदहरूलाई आग्रह गरेका छन् ।

    बुधबारको प्रतिनिधि सभा बैठकमा एमाले र नेपाली कांग्रेसका सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेपछि सांसद पौडेलले यस्तो बताएका हुन् ।



    सांसद पौडेलले भने, ‘सरकारको जिम्मेवारी सम्हाल्नुभएको गृहमन्त्री र अर्थमन्त्रीको बारेमा प्रश्न उठेको छ । दिउँसै रात पार्न खोजिएको थियो । रातलाई दिउँसो पारिँदैछ । भ्रष्टाचारको विषयमा सरकारले छानबिन अगाडि बढाइरहेको छ । माननीयज्यूहरूलाई टाउको नदुखाउन म अनुरोध गर्छु । कसैको अनुहार हेर्न जरुरी छैन सरकार अगाडि बढोस्, बाँकी उठेका कतिपय विषयमा पनि सरकारले छानबिन गरेर व्यक्तिको अनुहार हेरेर होइन उसको काम हेरेर राज्यलाई सुशासनको प्रत्याभूति दिने गरी अगाडि बढोस् । माछो ठूलो सानोको प्रसंग होइन ।’



    उनले दोषीलाई कारबाही गर्दा माननीयज्यूहरु त खुसी हुनुपर्ने होइन र ? भन्दै प्रश्न गरे । सुन प्रकरणलाई लिएर सत्ता कांग्रेसकै सांसद सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको साथै एमालेले अवरोध गरेपछि पौडेलले जवाफ फर्काएका हुन् ।

    उनले सरकारले केही राम्रो काम गर्दा सांसदहरूले साथ दिनुपर्नेमा चिच्याएर अवरोध खडा गरेको बताए । सरकारले सकारात्मक काम गर्दा साथ दिनुपर्नेमा उल्टो राजीनमा मागिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार