Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • शान्ति प्रक्रियालाई बार्गेनिङको विषय नबनाऔँ : देवेन्द्र पौडेल

    शान्ति प्रक्रियालाई बार्गेनिङको विषय नबनाऔँ : देवेन्द्र पौडेल

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 279
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रिया टुंग्याउने कामलाई बार्गेनिङको विषय नबनाउन आग्रह गरेका छन्।

    आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन् ।  सांसद पौडेलले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयलाई बार्गेनिङ नगर्न आग्रह गरे।



    संसदभित्रका दलहरू सत्तापक्ष र प्रतिपक्षमा पालोफेरो हुने गरेको भन्दै उनले संविधानले निर्दिष्ट गरेका कानून बनाउने कुरामा सबै एकै ठाउँ हुनुपर्नेमा जोड दिए।



    सांसद पौडेलले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगसँग सम्बन्धित विधेयकलाई छिटोभन्दा छिटो टुंग्याउनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार