Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • छानबिन समितिको नाममा सुन तस्करी प्रकरणलाई विषयान्तर नगरौं : देवेन्द्र पौडेल

    छानबिन समितिको नाममा सुन तस्करी प्रकरणलाई विषयान्तर नगरौं : देवेन्द्र पौडेल

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 849
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले छानबिन समितिको माग राखेर सुन तस्करी प्रकरणको विषयान्तर गर्न खोजिएको बताएका छन् ।

    प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सचिव पौडेलले अर्को छानबिन समितिको नाममा सुन तस्करी प्रकरणको विषयान्तर गर्न खोजिएको आरोप लगाएका हुन् ।



    सचिव पौडेलले भने,’प्रतिपक्षी भनेको वेटिङ अफ गभर्मेन्ट पनि हो। भोलि प्रतिपक्षी दल सरकारमा जाँदा हामीले नै यस्तै गरिदिने हो भने के हुन्छ हालत ? त्यसैले जुन ठाउँबाट छानबिन भइरहेको छ, त्यो छानबिनको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन दिउँ। चित्त बुझेन भने अर्को समिति बनाऔंला। अर्को समितिको नाममा विषयान्तर हुने काम नगरौं।’



    उनले सुन तस्करी प्रकरणको विषय निष्कर्षमा नपुगेसम्म समिति नबनाउन आग्रहसमेत गरे। उनले प्रमुख प्रतिक्षी दल एमालेलाई वेटिङ गर्भमेन्ट भएको भन्दै यस्ता विषयमा वादविवाद नगर्न आग्रह गरे।

    उनले सरकारले ८ सय ७५ जना नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान लागेको, ललिता निवासलगायतका प्रकरणमा गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको र सय किलोभन्दा बढी सुन समातिएकोबारे छानबिन गरिरहँदा सदन अवरूद्ध गरिएको भन्दै आश्चर्य व्यक्त गरे।

    उच्चस्तरीय छानबिन समिति बनाउनु भनेको एउटा चिकित्सकले अप्रेसन गर्दागर्दै अर्को चिकित्सक ढोका फोडेर अप्रेसन थिएटरभित्र पसेजस्तो हुने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार