Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कृषि मन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

    कृषि मन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ५ साउन २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादव र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ ।

    सो क्रममा विशेषगरि जीटुजी विधिबाट भारतबाट आउने रासायनिक मलको विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश सञ्जेलले जानकारी दिए ।



    नेपालबाट गर्नुपर्ने सबै प्रकृया पुरा भइसकेको भएपनि भारतबाट मल नआएका कुरा कृषि मन्त्री यादवले राखेका थिए ।



    त्यसको जवाफमा राजदूत श्रीवास्तवले आफू नयाँ भएको कारणले के कस्तो काम अगाडि बढेको पूर्ण जानकारी नरहेको बताउँदै त्यसको बारेमा थप जानकारी लिएर मल चाँडै ल्याउन पहल गर्ने बताएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार