Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एसपीपीको अवस्थाबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

    एसपीपीको अवस्थाबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

    अनलाइन नेपाल
  • बिहिबार, ५ साउन २०७९
  • 627
    SHARES

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौताबारे सरकारले गरेको निर्णय कार्यान्वयनबारे जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् ।

    आज बिहीवारको बैठकमा सत्तारूढ दलकै सांसदसहित अन्य सांसदले पनि एसपीपी सम्झौता रद्द गर्ने सरकारको निर्णय कार्यान्वयन नभएकोबारे आपत्ति जनाउँदै सरकारलाई रुलिङ गर्न माग गरेका थिए ।



    सांसदहरूको मागपछि सभामुख सापकोटाले सरकारलाई एसपीपीबारे मन्त्रिपरिषद्ले गरेका निर्णय र त्यसको कार्यान्वयनबारे संसद्लाई जानकारी दिन रुलिङ गरेका हुन् ।



    ‘एसपीपीको विषयमा मेरो ध्यानकर्षण भएको छ । यो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाको सन्दर्भमा संसद्लाई जानकारी गराउन नेपाल सरकारलाई निर्देश गर्दछु’, सभामुख सापकोटाले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार