Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • आज पुष्पलालको ४४औं स्मृति दिवस मनाइँदै

    आज पुष्पलालको ४४औं स्मृति दिवस मनाइँदै

    अनलाइन नेपाल
  • शनिबार, ७ साउन २०७९
  • 798
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवस आज देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपालका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रम गरी उनको योगदानको चर्चा गर्दैछन् ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशभरी नै पुष्पलालको सम्झनामा स्मृति दिवस मनाउने कार्यक्रम तय गरेको हो ।सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो ।



    उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरेका थिए । विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मिएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।



    तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले उनको शव समेत नेपाल ल्याउन दिएको थिएन । वि.सं. १९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा गोली हानी हत्या गरिएपछि दाजुको अभियानलाई पूरा गर्न उनले राजनीतिक यात्रा शुरु गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार