Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा किशोर पक्राउ

    पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा किशोर पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 894
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

    जिल्लाको लालझाडी गाउँपालिका–६ ढक्का शिबिर बस्ने १५ बर्षीय किशोर बिहीबार बिहान पक्राउ परेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार किशोरले ती बालिकालाई ललाई फकाई आफ्नै घर कोठामा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेका हुन् ।



    ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार