Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आठ वर्षीय भतिजीलाई करणी गरेको आरोपमा काका पक्राउ

    आठ वर्षीय भतिजीलाई करणी गरेको आरोपमा काका पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 1.1K
    SHARES

    महोत्तरी । महोत्तरीमा आठ वर्षीय भतिजीलाई करणी गरेको आरोपमा आफ्नै काका पक्राउ परेका छन् ।

    बर्दिबास नगरपालिका बस्ने बालिकाको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।



    उनीमाथि यही साउन १० गते राति १० बजे भतिजीलाई आफ्नो कोठामा बोलाई जबरजस्ती करणीको गरेको आरोप लागेको छ । पक्राउ परेका काकाको नाम भने प्रहरीले गोप्य राखेको छ ।



    २४ वर्षीया आरोपितलाई इलाका प्रहरी कार्यालय बर्दिबासले हिरासतमा राखेको छ । उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार