Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ललाइफकाई ६ जना बालिकामाथि बलात्कार, १४ वर्षीय किशोर पक्राउ

    ललाइफकाई ६ जना बालिकामाथि बलात्कार, १४ वर्षीय किशोर पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    सुर्खेत । सुर्खेतमा ६ जना बालिका बलात्कार आरोपमा एक किशोर पक्राउ परेका छन् ।

    करिब डेढ महिनाअघि पञ्चपुरी नगरपालिकाका ६ जना बालिका बलात्कार गरेको आरोपमा सोही नगरपालिकाका साढे १४ वर्षीय किशोर पक्राउ परेका हुन् । पाँचदेखि सात वर्षसम्मका ६ बालिकालाई चकलेट दिएर ललाइफकाई फरक–फरक समयमा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।



    डेढ महिनाअघिदेखि भइरहेको घटनाबारे साउन ११ गते मात्रै एक बालिकाले भनेपछि अभिभावकले थाहा पाएका थिए । आफ्ना छोरीहरूमाथि बलात्कार भएको भन्दै पीडित पक्षले साउन ११ गते इलाका प्रहरी कार्यालय बाबियाचौरमा बालकविरुद्ध उजुरी दर्ता गराएका थिए । उजुरी दर्ता भएलगत्तै आरोपित किशोरलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।



    उसले एक पटक मात्रै बलात्कार गरेको स्विकारेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर टेकबहादुर देउवाले जानकारी दिए । तर केही बालिकालाई तीन पटकसम्म पनि बलात्कार गरेको पीडितले बयान दिएका छन् । किशोरलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट ल्याएर जिल्ला प्रहरी सुर्खेतको हिरासतमा राखिएको छ ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनाबारे अनुसन्धानपछि मात्रै थाहा हुने जनाएको छ । बलात्कार आरोपमा पक्राउ परेका किशोरले अपराध गरेको पुष्टि भएमा उनलाई बाल सुधारगृहमा राख्ने व्यवस्था रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार