Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पेलोसीको भ्रमण अघि चीनद्धारा ताइवानका ३५ खाद्य पदार्थमा प्रतिबन्ध

    पेलोसीको भ्रमण अघि चीनद्धारा ताइवानका ३५ खाद्य पदार्थमा प्रतिबन्ध

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 1K
    SHARES

    एजेन्सी । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवानको सम्भावित भ्रमणअघि चीनले स्वशासित टापुलाई चेतावनी दिँदै सोमबारदेखि ३५ ताइवानी बिस्कुट र पेस्ट्रीलाई आयात निलम्बन गरेको छ ।

    ताइवानको आधिकारिक केन्द्रीय समाचार एजेन्सीले मंगलबार रिपोर्ट गर्दै खानाको श्रेणी अन्तर्गत चीनको भन्सारमा दर्ता भएका तीन हजार २ सय ताइवानी कम्पनीहरूमध्ये दुई हजार ६६ लाई आयात निलम्बनको सूचीमा राखेको हो ।



    बिस्कुट, पेस्ट्री र ब्रेडको श्रेणी अन्तर्गत १०७ दर्ता भएकामध्ये ३५ लाई आयात निलम्बन अन्तर्गत सूचीमा राखिएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ ।



    चीनले बारम्बार पेलोसीलाई ताइवानमा नजान दिइरहेको चेतावनीबीच निलम्बनको समाचार सार्वजनिक भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार