Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • चिनियाँ नागरिकको अपहरण : न्यायाधीशका पिएसओ र घुमुवा प्रहरी संलग्न रहेको खुलासा

    चिनियाँ नागरिकको अपहरण : न्यायाधीशका पिएसओ र घुमुवा प्रहरी संलग्न रहेको खुलासा

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौंमा चिनियाँ नागरिकको अपहरण घटनामा दुईजना प्रहरी समेत संलग्न रहेको खुलेको छ ।

    बुधबार साँझ दरबारमार्गबाट चिनियाँ नागरिकलाई अपहरण गरेर एक करोड रुपैयाँ फिरौती मागेको घटनामा प्रहरीको समेत संलग्नता रहेको पाइएको हो ।



    चिनियाँ नागरिकलाई अपहरण गरी उनीहरूले नयाँ बसपार्कमा बन्धक बनाएका थिए । घटनामा एक प्रहरी हवल्दार र अन्य एकजना संलग्न भएको पाइएको हो ।



    पक्राउ पर्नेहरुमा एक न्यायाधीशका पर्सनल सेक्युरेटी अफिसर (पिएसओ) हवल्दार गोरखाको आरुघाट गाउँपालिका–७ घर भइ काठमाडौं रानिबारी बस्दै आएका २७ वर्षीय कर्णबहादुर गुरुङ तथा प्रहरी वृत्त बालाजुमा कार्यरत रहेका घुमुवा प्रहरी बर्दियाको राजापुर नगरपालिका–१० घर भएका २८ वर्षीय शिव सुनार रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार