Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चार वटा सवारी साधन एकआपसमा ठोक्किदा ३३ जना घाइते

    चार वटा सवारी साधन एकआपसमा ठोक्किदा ३३ जना घाइते

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 1.3K
    SHARES

    मकवानपुर । मकवानपुरको रातमाटेमा ४ वटा सवारी साधनहरु एक आपसमा ठोक्किदा ३३ जना घाइते भएका छन् ।

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा एक स्कुल बससहित ४ वटा सवारी एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।



    उक्त दुर्घटनामा २५ जना विद्यार्थीसहित ३३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ तिव्र गतिमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख ६२४४ नम्बरको ट्रकले विपरित दिशाबाट हेटौंडातर्फ आउँदै गरेको स्थानीय रिलायन्स बोर्डिङको विद्यार्थी बोकेको बसलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।



    उक्त ट्रकले त्यसपछि पुनः हेटौंडाबाट पथलैया जाँदै गरेको लु १ ख ४३७० नम्बरको ट्यांकरलाई ठक्कर दिँदा ट्यांकर पल्टिएको र पल्टिएको ट्यांकरले बा ७ च ९४०४ नम्बरको कारलाई थिचेको थियो । त्यसपछि ट्रकले पुनः रोकिरहेको प्रदेश २–०३–००१ ख २५०६ नम्बरको लहरी ट्रकलाई पनि ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार