Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पश्चिम सेतीको अध्ययन गर्न भारतीय कम्पनीलाई स्वीकृति दिने निर्णय

    पश्चिम सेतीको अध्ययन गर्न भारतीय कम्पनीलाई स्वीकृति दिने निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 972
    SHARES

    काठमाडौं । लगानी बोर्डले पश्चिम सेती तथा सेती नदी जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएसपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

    सोमबार सिंहदरबारमा बसेको बैठकले पश्चिम सेती तथा सेती नदी ६ जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएचपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको हो ।



    ७५० मेगावाट उत्पादन क्षमताको पश्चिम सेती र ३०८ मेगावाट उत्पादन क्षमताको सेती नदी– ६ आयोजना निर्माणको जिम्मा एनएचपीसीलाई दिनेगरी छिट्टै सम्झौता हुने बोर्डले जनाएको छ ।



    लगानी बोर्डका सहसचिव अमृत लम्सालले ३२७ मेगावाटको अपर मर्स्याङ्दी २ जलविद्युत् परियोजनाको एमओयू गरेर यसको सर्वेक्षणको काम अघि बढाउने निर्णय पनि भएको बताए । त्यस्तै बोर्डको बैठकले तल्लो अरुण जलविद्युत् परियोजना सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनका बाँकी कामहरु गर्ने निर्णय गरेको छ ।

    ‘अपर मर्स्याङ्दी २ जलविद्युत् परियोजनाको एमओयू गरेर यसको सर्वेक्षणको काम अघि बढाउने भन्ने कुरा भयो,लम्सालले भने, माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सहजीकरण गर्ने सन्दर्भमा लगानी बोर्डलाई अख्तियारी दिइएको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार