Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रधानमन्त्री देउवालाई पश्चिम सेती निर्माणको माग गर्दै एक लाख पत्र हस्तान्तरण

    प्रधानमन्त्री देउवालाई पश्चिम सेती निर्माणको माग गर्दै एक लाख पत्र हस्तान्तरण

    अनलाइन नेपाल
  • बिहिबार, १७ चैत्र २०७८
  • 897
    SHARES

    काठमाडौं । पश्चिम सेती जलविद्युत् परियोजना निर्माणको माग गर्दै बोलन्या थलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई १ लाख पत्र बुझाइएको छ ।

    सुदूरपश्चिम प्रदेशका ९ जिल्लाबाट संकलन गरेका पत्र बिहीवार थलीका संयोजक यादव जोशी सहितको टोलीले प्रधानमन्त्री देउवालाई बुझाइएको हो । धनगढीस्थित बोलन्या थलीले ३३ महिना लगाएर एक लाख पत्र संकलन गरेको थियो ।



    प्रधानमन्त्री देउवाको शुक्रवारबाट हुने भारत भ्रमणको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय लगानी खोज्न आग्रह गर्दै पत्र बुझाइएको थलीका संयोजक यादव जोशीले जानकारी दिए ।



    पत्र बुझेपछि प्रधानमन्त्री देउवाले पश्चिम सेती निर्माणका लागि दबाब अभियानलाई धन्यवाद दिँदै आफ्नै पालामा परियोजना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार