Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पश्चिम सेतीको सर्वेक्षण लाइसेन्स लिन एनएचपीसीद्धारा निवेदन दर्ता

    पश्चिम सेतीको सर्वेक्षण लाइसेन्स लिन एनएचपीसीद्धारा निवेदन दर्ता

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 735
    SHARES

    काठमाडौं । पश्चिम सेती जलविद्युत् आयोजनाको सर्वेक्षण लाइसेन्स लिनका लागि भारतीय कम्पनी एनएचपीसीले निवेदन दर्ता गरेको छ ।

    एनएचपीसीले मंगलबार लगानी बोर्डको कार्यालयमा निवेदन दिएको हो ।



    गत जेठ २३ मा बसेको लगानी बोर्डको ५१औं बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट उत्पादन क्षमताको



    सेती नदी–६ एसआर–६० आयोजनाको विकास तथा लगानीको खाका तयार पार्ने जिम्मा एनएचपीसी लिमिटेडलाई दिने निर्णय गरेको थियो ।

    साउन २३ मा बसेको लगानी बोर्डको ५२ औं बैठकले सर्वेक्षण लाइसेन्स जारी गर्ने समझदारीपत्र अनुमोदन गरेको थियो भने गत भदौ २ गते एनएचपीसी र लगानी बोर्डबीच सर्वेक्षण अनुमतिपत्र जारी गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार