Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अब १२०० मेगावाटको बूढीगण्डकी र ७५० मेगावाटको पश्चिम सेती आयोजना अगाडि बढाउँछौं : प्रधानमन्त्री देउवा

    अब १२०० मेगावाटको बूढीगण्डकी र ७५० मेगावाटको पश्चिम सेती आयोजना अगाडि बढाउँछौं : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • शनिबार, ५ चैत्र २०७८
  • 1K
    SHARES

    दोलखा । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन् ।

    माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको २२०/१३२ के.भी. नयाँ खिम्ती सबस्टेशनको शनिबार दोलखामा उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले ठूला जलाशयुक्त आयोजनाको विकासमा सरकार लागिपर्ने बताएका हुन् ।



    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बूढीगण्डकी र पश्चिम सेती जलाशयुक्त आयोजना अगाडि बढाउने उल्लेख गरे । कूल एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी र ७५० क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनालाई मूर्त रुप दिने तयारीमा सरकार लागेको बताए ।



    लामो समयदेखि प्रक्रियामा रहेका ती आयोजनाको ठोस काम अगाडि बढ्न सकेको छैन । ऊर्जा सुरक्षाका लागि ती आयोजना महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

    उनले भने–‘जैविक इन्धनबाट विद्युत् निकाल्ने काम बन्द हुने भएकाले जलाशययुक्त आयोजना महत्वपूर्ण छ भन्ने बुझाउन जरुरी छ । पेट्रोल र डिजलबाट हामी मुक्त हुनुपर्छ । बिजुलीबाट नै काम गर्नुपर्छ ।’

    प्रधानमन्त्री देउवाले अझै पनि झोलामा खोला राखेको र काम नभएको भन्ने आफूले सुनेको भन्दै त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । लामो समयदेखि अगाडि बढ्न नसकेको विद्युत् खरिद सम्झौता (पीपीए)का सन्दर्भमा पनि प्रधानमन्त्रीले उचित निर्णय लिइने बताए ।

    प्रधानमन्त्री देउवाले नेपालको आफ्नै लगानी र मिहिनेतले बनेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले विद्युत् आपूर्तिमा ठूलो योगदान पुर्‍याएको भन्दै सम्बन्धित कर्मचारी, निर्माण व्यवसायी सबैलाई धन्यवाद दिए ।

    राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसीले हालसम्म एक अर्ब युनिट बिजुली प्रवाह गरेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना गत असारमा उद्घाटन गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार