Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भोलाको सुटिङमा बलिउड अभिनेत्री तब्बु घाइते

    भोलाको सुटिङमा बलिउड अभिनेत्री तब्बु घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । बलिउड अभिनेत्री तब्बु बुधबार आफ्नो आगामी चलचित्र भोलाको सुटिङको क्रममा घाइते भएकी छन् ।

    भोलामा तब्बुले उच्च प्रहरी अफिसरको भूमिका निर्वाह गरेकी छिन् । एउटा दृश्यमा एक्सन गर्दा उनलाई चोट लागेको हो ।



    तब्बु हैदरावादको भोलाको एक दृश्यका लागि जङ्गलमा ट्रक चलाइरहेकी थिइन् । मोटरसाइकलमा केही गुण्डाहरू उनको पछि लागिरहेका हुन्छन् ।



    सो क्रममा ट्रकसँग मोटरसाइकल ठोक्किएको थियो । तब्बुलाई चोट लागेपछि फिल्मका निर्देशक अजय देवगनले भोलाको सेटबाट उनलाई डिस्चार्ज गरेका छन् । भोला साउथको फिल्म कैथीको हिन्दी रिमेक हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार