Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज नेपाल आइपुगे

    राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज नेपाल आइपुगे

    अनलाइन नेपाल
  • शनिबार, २८ साउन २०७९
  • 927
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाल आइपुगेका छन् । मुख्य प्रशिक्षक प्रभाकर शनिबार साँझ नेपाल आइपुगेका हुन् ।

    उनलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केही साताअघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो ।



    क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको जनाएको छ । नेपालको मुख्य प्रशिक्षकका रूपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्धको रहने छ ।



    नेपाली टोली भदौ पहिलो साता केन्या भ्रमणमा निस्कने छ । केन्यामा रहँदा नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय तथा तीन खेलको एकदिवसीय सिरिज पनि रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार