Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक प्रभाकरले जिम्मेवारी छाड्ने

    राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक प्रभाकरले जिम्मेवारी छाड्ने

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेपालका राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मनोज प्रभाकरले पद छाड्ने अनुमान गरिएको छ ।

    विश्वकप लिग २ अन्तर्गत नामिबिया सिरिजमा सबै खेलमा पराजय भोगेपछि प्रभाकरले पद छाड्ने अनुमान गरिएको हो ।



    प्रशिक्षक प्रभाकर सोमबार बिहान भारत फर्किएका छन् । स्रोतका अनुसार प्रभाकर अब नेपालको जिम्मेवारीमा फर्कने सम्भावना कम छ ।



    नामिबियामा भएको नामिबिया‚ स्कटल्याण्ड र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले एउटा खेलबाहेक सबै खेल हारेको थियो ।

    एउटा खेल भने पानी परेर रोकिँदा नेपालले १ अंक पाएको थियो। प्रशिक्षक प्रभाकरले नै पनि लामो समय नेपाली टिमको प्रशिक्षक रहन नचाहेका ले अब राष्ट्रिय टिम छाड्ने अनुमान गरिएको छ ।

    विश्वकप लिग–२ मा नामिबियामा नेपाली टोलीको प्रदर्शनबारे नेपाल क्रिकेट संघका महाप्रवन्धक वृतान्त खनाल र म्यानेजर विनोद दासले क्यानलाई प्रशिक्षक प्रभाकरका बारेमा ‘रिभ्यु’ गर्नुपर्ने प्रतिवेदन बुझाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार