Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • प्रशिक्षक मनोज प्रभाकर भन्छन् – ब्याटिङको समस्यामा फोकस गरिरहेका छौं

    प्रशिक्षक मनोज प्रभाकर भन्छन् – ब्याटिङको समस्यामा फोकस गरिरहेका छौं

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 867
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकरले २/३ महिना भित्र नै नेपाली टोलीको ब्याटिङमा सुधार गर्ने दाबी गरेका छन् ।

    मुख्य प्रशिक्षक प्रभाकरले अभ्यासका क्रममा पत्रकारसँग कुरा गर्दै नेपाली टोलीको मुख्य समस्या ब्याटिङ रहेको भन्दै ब्याटिङलाई २-३ महिनामा नै सुधार गर्ने बताएका हुन् ।



    प्रशिक्षक प्रभाकरले नेपाली टोलीको कमजोर पक्ष आफूले पत्ता लगाइसकेको र उक्त कमजोरीलाई सुधार गर्ने पहिलो प्राथमिकतामा राखेको बताए । प्रभाकर भर्खरै मात्र राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ ।



    प्रभाकरले सोमबारदेखि टिममा प्रशिक्षण दिइरहेका छन् । प्रभाकरले आफूले टिमको ब्याटिङको विषयमा पहिले समाधानको उपाय निकालिरहेको बताए । नेपालको टिममा अहिलेको मुख्य समस्या नै ब्याटिङ भएकाले त्यसलाई सुधारका लागि आफूले काम गरिरहेको र त्यो चाडै सुधार हुने बताए । ‘टिममा अहिले ब्याटिङको समस्या छ । अहिले त्यसैमा फोकस गरिरहेका छौं,’ प्रभाकरले भने ।

    नेपाल क्रिकेट संघ (क्यान) सामू ब्याटिङ सुधार गर्ने योजना पेश गरेर प्रमुख प्रशिक्षकको जिम्मेवारी लिएका प्रभाकरले पहिलो दिन नै नेपाली ब्याटरहरुको परीक्षण गरेका थिए ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीले भदौ ९ देखि २० सम्म केन्यासँग पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज र तीन एकदिवसीय सिरिज खेल्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार