Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • २३ वर्षअघि फर्पिङबाट चोरिएको नील बाराहीको प्रतिमा सिंगापुरमा

    २३ वर्षअघि फर्पिङबाट चोरिएको नील बाराहीको प्रतिमा सिंगापुरमा

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । फर्पिङस्थित गुठियारको घरबाट २३ वर्ष अगाडि चोरी भएको अघेश्वार नील बाराहीको प्रतिमा सिंगापुरको संग्रहालयमा भेटिएको छ।

    नेपाल संवत् ७५६ मा कुँदिएको पुरातात्विक महत्वको स्वर्ण तामा प्रतिमा सिंगापुरको प्रतिष्ठित एसियन सिभिलाईजेनशन म्युजियममा राखिएको सम्पदा खोजबिन र पहिचानको अभियान लस्ट आर्टस् अफ नेपालले जानकारी दिएको छ।



    काठमाडौं थल्खु टोल फर्पिङमा रहेको सो अघोरेश्वर नील बाराहीको प्रतिमा २०५६ असार २ गते चोरी भएको थियो।



    हरि–शंकर जात्राका अवसरमा नीलबाराहीजस्तै ७ वटा विशिष्ट भगवान् प्रतिमालाई फर्पिङभित्र घुमाउने प्रचलन छ। ती ७ मध्ये ४ वटा प्रतिमा चोरी भइसकेकाले अहिले प्रतिलिपी प्रतिमाकामा भरमा जात्रा सञ्चालन हुँदै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार