Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नगरपालिकाको होडिङ बोर्ड चोरी गर्ने तीनजना पक्राउ

    नगरपालिकाको होडिङ बोर्ड चोरी गर्ने तीनजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 516
    SHARES

    झापा । फलामे होडिङ बोर्ड चोरी गरेको आरोपमा झापाबाट तीनजना पक्राउ परेका छन् ।

    आइतबार साँझ भद्रपुर नगरपालिका–४ स्थित रंगियाडाँडादेखि ज्ञानेचोकसम्म सडक किनारमा नगरपालिकाले राखेको फलामे होडिङ बोर्ड चोर्दाचोर्दै उनीहरूलाई भद्रपुर नगर प्रहरीले पक्राउ गरेको हो ।



    पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–१४ का ३१ वर्षीय अमित राजवंशी, मेचीनगर– १० का अन्दाजी १८ वर्षीय राजीव उराव र एक जना पिकअप चालक छन् ।



    फिल्मी शैलीमा उनीहरूले रंगियाडाँडादेखि ज्ञानेचोकसम्मका ८ वटा होडिङ बोर्ड फलाम काट्ने ह्याक्सोले काटेर पिकअपमा हालिसकेका थिए ।

    नगर प्रहरी तत्काल घटनास्थल पुगेर उनीहरूलाई पिकअप र होडिङ बोर्डसहित नियन्त्रणमा लिएका थिए । घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार