Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सुन किन्ने बहानामा सातभन्दा बढी पसलबाट गहना चोरी, महिलासहित चारजना पक्राउ

    सुन किन्ने बहानामा सातभन्दा बढी पसलबाट गहना चोरी, महिलासहित चारजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 3.5K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न सातभन्दा बढी स्थानमा सुन किन्ने बहानामा चोरी गरी फरार रहेका चारजना पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार स्कुटर प्रयोग गरी सुन पसलको गरगहना किन्ने बहानामा चोरी गर्ने तारकेश्वरका ३३ वर्षीय रत्न महर्जन, २२ वर्षीय सुमन पुतुवार, नुवाकोटका ३६ वर्षीय विरेन्द्र विक र स्थायी घर भारत भई हाल काठमाडौं बस्ने ३७ वर्षीय हनुमन्त फाँडे पक्राउ परेका हुन् ।



    प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–९ की महर्जन सुन चोरी गर्ने महिला हुन् । काठमाडौंकै तारकेश्वर तारकेश्वर–४ पुरानो गुहेश्वरीका पुतुवार स्कुटर चालक हुन् ।



    यसैगरी उनीहरूले चोरेको सुन खरिद गर्ने विरेन्द्र र फाँडे रहेका छन् । विरेन्द्र हाल काठमाडौंस्थित नयाँबजार र फाँडे माछापोखरी बस्दै आएका थिए । यस्तै घटनास्थलमा प्रयोग भएका लत्ता कपडा र स्कुटर बरामद गरेको छ ।

    उनीहरुले पसलमा गएर सुन किन्ने भन्दै गहना देखाउन लगाउने र उक्त गहना चोरी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार