Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • चोरीको विदेशी मुद्रासहित उदयपुरबाट युवक पक्राउ

    चोरीको विदेशी मुद्रासहित उदयपुरबाट युवक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 726
    SHARES

    उदयपुर । उदयपुरमा चोरीको आरोपमा एक युवक पक्राउ परेका छन । जिल्लाको उदयपुरको त्रियुगा नगरपालिका–११, मिनी मार्केट क्षेत्रबाट सोमबार दिउँसो डलर, भारु, युरोसहित खोटाङको दिक्तेल रुपाकोट मझुवागढी – १० पाथेका २१ वर्षीय सुजन गिरी पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गिरीको साथबाट १ लाख ८५ हजार ४ सय १५ नेपाली रुपैयाँ, अमेरिकी डलर दुई सय ९२, दुई लाख ५९ हजार एक सय भारतीय रुपैयाँ र ८० युरो बरामद गरिएको छ ।



    केही दिनयता गाईघाटस्थित मेलिना होटेलमा बस्दै आएका उनीमाथि प्रहरीले निगरानी गर्दा अवैध गतिविधिमा संलग्न भएको खुलेको हो ।



    त्यसैगरी चाँदीको जस्तो देखिने सिक्री २ थान, चाँदीको जस्तो ब्रासलेट एक थान,सुन जस्तो देखिने पहेँलो धातुको औंठी १, एउटा घडीलगायतका सामान पनि उनीबाट बरामद गरिएको छ ।

    प्रहरी वृत्त बौद्धसँग समन्वय गरी पक्राउ परेका व्यक्ति र बरामद सामान काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार